उच्चस्तरीय समितिको बैठक बस्दै

uchaesthaiye samitiko meeting
लोकपाटी न्यूज

काठमाडौं, ५ बैशाख। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो बस्दैछ।बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको हो।

समितिको बैठक आवश्यकताका आधारमा नियमित बस्दै आएको छ। बैठकमा समितिमा रहेका मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयका विषयमा रिपोर्ट पेश गर्ने भएका छन्।

तेस्रो चरणको लकडाउनको समीक्षा र काठमाडौंलगायत विभिन्न सहरबाट घर फर्किर्दै गरेका मजदुरका विषयमा समेत केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्