काठमाडौं। कोरोना भाइरसका कारण चीनको वुहानमा मृत्यु हुनेको संख्यामा करिब ५० प्रतिशत वृद्धि भएको छ। कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सले जनाएको छ।
चीनको संशोधित आकडामा १२ सय ९० जनाको संख्या बढाइएको छ। चीनले वुहान शहरमा मृत्युको प्रतिशत ७.७ रहेको घोषणा गरेछ जुन पहिला घोषणा गरिएको ५.८ भन्दा धेरै हो।
कोरोना भाइरसका कारण चीनको वुहानमा समाचारमा उल्लेख गरिए भन्दा धेरै मानिसको ज्यान गएको समाचारहरु अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।चीनले मृतकको संख्या लुकाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै आरोप लगाएका थिए।



लोकपाटी न्यूज

