सीमा नाकामा थप सशस्त्र प्रहरी परिचालन

APF
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। भारतसँग जोडिएका सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी खटाएको छ। यसअघि विभिन्न नाकाका ७ हजार ८ सय जना सशस्त्र प्रहरी खटाएकोमा बिहीबार थप ११ सय ५ जना थप खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

लकडाउन उल्लंघन गरेर भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न भन्दै थप जनशक्ति खटाइएको श्रेष्ठले बताए। कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न भन्दै सरकारले विभिन्न बाहिनीबाट सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइएको छ। थप गरिएको जनशक्तिलाई प्रदेश नम्बर १, ३ र ५ मा परिचालन गरिनेछ। काठमाडौमा मात्रै एक हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्