काठमाडौैं, ३ बैशाख। चिकित्सकहरुलाई पिटेको आरोपमा महानरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ। अस्पतालबाट ड्यूटी सकेर फर्कदै गरेका चिकित्सकहरुलाई पिटेको आरोपमा महानरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकहरुलाई पिटेको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई महानगरीय कार्यालयमा तानेर डीएसपी श्यामलाल ज्ञवालीलाई त्यहाँ पठाइएको छ। बुधबार साँझ घर फर्कदै गरेका शिक्षण अस्पतालका डा.शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा.विकास साहमाथि कुटपिट गरेको डीएसपी लम्साललाई आरोप लागेको छ। उक्त घटनाको छानबिन गर्न महानगरी प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं परिसरका डीएसपी होबिन्द्र बोगटी सदस्य रहेको समिति गठन गरिएको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज
