काठमाडौं, ४ बैशाख। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६० वर्षमा पहिलोपटक एसियाली देशहरूको विकास रोकिने बताएको छ। एशियाली मुलुकहरूको विकास अवरुद्ध हुँदा विश्वव्यापी आर्थिक संकट चुलिने संस्थाले बताएको छ। एसियाली देशहरूको विकासमा कमी आउँदा विश्वको वित्तीय संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एसियाली वित्तीय संकट (१.३ प्रतिशत ) भन्दा पनि खराब हुने आईएमएफको भनाइ छ ।
आईएमएफका अनुसार कोरोना भाइरसलाई रोक्ने नीतिहरू प्रभावकारी भए २०२१ मा एसियाली देशको विकास दरमा फेरि एकपटक उछाल आउनेछ । यसअघि विश्व बैंकले दक्षिण एशियाली मुलुकहरू ४० वर्षमा पहिलो पटक खराब आर्थिक संकटबाट गुज्रिएको बताएको थियो। त्यसको एक दिनपछि आईएमएफले पूरै एशियाली मुलुकहरूको अवस्थाबारे बोलेको हो।



लोकपाटी न्यूज

