चितवनमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका पुरुषको कोरोना देखिएन

corona test
लोकपाटी न्यूज

चितवन, ३ बैशाख।र्‍यापिड परीक्षणमा कोरोना पोजेटिभ देखिएका रत्ननगर वडा नम्बर १२ का गुन्जमान अस्पतालका बिरामीको पिसिआर टेस्टमा नेगेटिभ देखिएको पुष्टी भएको छ। वैदेशिक रोजगारबाट फर्केर होम क्वारेन्टाइनमा रहेका ती व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण नेगेटिभ देखिएको हो।

पिसिआर परिक्षण गर्दा ती व्यक्तिमा कोरोना नेगेटिभ भएको प्रयोगशालाका वरिष्ठ ल्याब टेक्नोलोजीस्ट दिपक सुवेदीले बताए। कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए। उनको गुञ्जमान सिंह हस्पिटलमा आज र्‍यापिड टेष्ट गरिएको र र्‍यापिड टेस्ट गर्दा ती ब्यक्तिमा कोरोना पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्