रमेश भुसाल/ सुनवल, ३ बैशाख। सुनवल खानेपानी संस्थाको कार्यालयमा चोरी गर्ने एक पक्राउ परेका छन्। संस्थाको मोटरसाइकल र डेलको ल्यापटोप चोरी गर्ने सुनवल नगरपालिका वडा नम्वर ४ वस्ने दिपक सुनार पक्राउ परेका हुन्।
यहि वैशाख २ गते बिहान खानेपानी संस्थाको कार्यालय तोडफोड गरी कार्यलयमा रहेको लु १९प २१९९ नम्वरको मोटरसाइकल र डेलको ल्यापटोप चोरी गरेका थिए। सुनारलाई इलाका प्रहरी कार्यालय सुनवलको प्रहरी टोलीले आज पक्राउ गरेको हो। पक्राउ परेका सुनारकोे साथबाट चोरीभएको डेलको ल्यापटप समेत प्रहरीले वरामद गरेको छ भने हिजोनै सुनवल ४ घैयावारी नजिकैको खोलामा मोटरसाइकले फेला पार्न समेत प्रहरी सफल भएको थियो। पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपि विरेन्द्र थापाले जानकारी दिए।



लोकपाटी न्यूज

