रमेश भुसाल/ पश्चिम नवलपरासी, ३ बैशाख। राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले प्रमूख जिल्ला अधिकारीलाई पिपिई हस्तान्तरण गरेको छ। राष्ट्रिय युवा संघले प्रमूख जिल्ला अधिकारी बासुदेव दाहालमार्फत् सीमानाका खटिएको प्रहरीहरुलाई पिपिई हस्तान्तरण गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लडाउनका कारण भारतबाट नेपाल भित्रिन नदिन पश्चिम नवलपरासीको सीमानाकामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुलाई सुरक्षात्मक ४१ थान पिपिई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीका जिल्ला संयोजक युवराज डुम्रेले जानकारी दिए।
सामाजिक उत्तरदायित्व बहन गदै नगरिकहरुको सुरक्षामा खटिएका सीमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुलाई राष्ट्रिय युवा संघको जिल्ला संयोजक युवराज डुम्रे र सहसंयोजक दिपक रानको सक्रियतामा पिपिई बितरण गरेको राष्टिय युवा संघले जानएको छ। राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले बिपतको बेलामा जिल्लामा बिभिन्न क्रियाकलाप गदै आएको छ। यसैबिच सीमानामा दिनरात खटिएका सुरक्षाकर्मीहरुको निगरानी र मनोवललाई उच्च बनाई दुवै देश बिचको आवतजावतलाई रोक लगाउनका लागि मद्दत पुग्ने गरी सुस्ता गाउँपालिकामा युथ अफ सुस्ताले पनि नेपाल भारत सीमा नाकामा बिजुली बत्ति लगाए सहयोग गरेको छ।



लोकपाटी न्यूज

