पूर्वरथी बस्न्यातकाे खुलासा : ‘अस्गर अलीले देशका सबै सूचना बेचिरहेका छन्’

Premsingh Basnyat
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख । पूर्वरथी प्रेम बस्न्यातले प्रधानमन्त्रीका सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीले देशका सूचनाहरु बेचिरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस लेख्दै बस्न्यातले यस्तो आरोप लगाएका हुन्।

पूर्वरथी बस्न्यातले आफ्नो प्राइभेट ब्यापार चलाउने मान्छेलाई कसरी सल्लाहाकार दिएको त भनि प्रश्न गर्दै तलब नलिएका मान्छे देशको लागि ठूलो खतरा बन्ने बताएका छन्। नेपालका सुरक्षा अङ्गले यस्ता सल्लाहकारको नियतमाथि छानबिन नगरे नेपालको अस्मितामाथि ठूलो खतरा हुने प्रष्ट रहेको बताएका छन्।

उनले देशका प्रधानमन्त्रीले यस्ता कुरामा खेलबाड गर्नु देशको लागि नै दुर्भाग्य हुने बताएका छन्। उनले बिना तलब कसरी अलीलाई प्रधानमन्त्रीको र देशको गोप्य सूचनामा हात हल्न दिएको हो त भनि प्रश्न गरेका छन्।

पूर्वरथी बस्न्याते फेसबुकमा लेखेका छन्, ‛प्रधानमन्त्रीका प्रेस आड्भाइजर सूर्य थापाको अनुसार प्रधानमन्त्री वलीको अली थर भएका बर्तमान इन्फर्मेसन आडभाइजरले बिना तलब काम गरेका छन रे ? यी सल्लाहकरका कानूनी कार्यक्ष्यत्र के के हुन ? यिनलाई संविधानले – कानूनले कसरी चिन्छ ? यिनले बदमासी गरे भने नेपालको प्रचलित कानूनले कारबाही गर्ने अधिकार के छ ?’

Capture

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्