समाजिक सञ्जाल : मानसिक रोगको कारखाना !

लोकपाटी न्यूज

वि.वि श्रेष्ठ

सामाजिक सञ्जालमा भविश्व खोज्नेहरु र प्रचारमुखी जीवनयापन गर्नेहरु अहिले विश्वको हरेक देशमा बग्रेल्ती पाउन सकिन्छ। प्रविधिको उपयोग वर्तमान समयमा अपरिहार्यता भए पनि यसको उपयोगको सीमा पत्ता लगाउन नसक्दा समाजिक सञ्जालले नै जीवन बर्बाद गर्नेहरुको सूची लामो पाउन सकिन्छ। यसको उपयोगसँगै यसको प्रयोग सान्र्दभिक हुन सकेन भने भविष्यमा समाजिक सञ्जालले आम जीवनमा पार्ने प्रभावको लेखाजोखा आम जनताले कमै गर्न सक्लान्।

सामाजिक सञ्जाल भन्नेबित्तिकै फेसबुक, टवीटर, इन्स्टाग्राम लगायतका सञ्जालहरु अहिले चर्चामा छन्। समाजिक सञ्जाल कुनै न कुनै माध्यमबाट उपयोग गर्नेहरुले इन्टरनेटको माध्यमबाट उपयोग गर्ने साधनहरु नै उल्लेखित हुन्। सूचनाको भरपर्दो माध्याम हुने साइटहरुको सही सदुपयोग हुन नसक्दा यसले पार्ने नकारात्मक प्रभाव विस्तारै देखिन थालेको छ। यही रवैया रहने हो र यसको सही सदुपयोग नहुने हो भने भविष्यमा निश्चिय नै यसले नकारात्मक प्रभाव पार्ने निश्चित छ।

नेपालको समाजिक सञ्जालको उपयोगको सन्र्दमा नजिकवाट नियाल्ने हो भने यसको प्रभाव हरेक तह र तप्कामा परेको देखिन्छ। देशको नै सबैभन्दा ठूलो पार्टीको वैचारिक धरातल त्यस पार्टीको नेताको विचारले नै चलको महशुश लामो समयसम्म मस्तिष्कमा गडिरह्यो। जुन बेलासम्म समाजिक सञ्जालको प्रभाव धेरै थिएन। विचारहरु पत्रिकामार्फत्, भाषणबाट सम्प्रेषण हुन्थ्यो, त्यही विचारलाई आत्मसात गरेर जीवन परिवर्तनको दिशामा होम्न उद्यत थियो। लाग्दथ्यो भगवानजस्तै। जब समाजिक सञ्जालको प्रयोग हुन थाल्यो, तब ती नेताप्रतिको विश्वास नै टुटेर गयो।

व्यक्ति महान हुनका लागि विचारसँगै गर्ने क्रियाकलाप नै मुख्य प्रधान हुने रहेछ। प्रविधिको उपयोग र व्यक्तिगत विचारको नाममा प्रकट गरिने विचारले आम व्यक्तिमा कस्तो प्रभाव हुन सक्दछ भन्ने समान्य ज्ञान समेत नभएकाहरुवाट समाज र देश परिवर्तनका लागि पछाडि लाग्न सकिन्न भन्ने कुरा प्रमाणित हुन पुग्यो। सामाजिक सञ्जालमा व्यक्त गर्ने शैली, विचार र पद्धतिले आम जनतामा पर्ने असर न उसको भौतिकवाद, न अध्यात्मवाद, न समाजवाद नै छुट्टाउन सक्यो।

अल्पज्ञान हानिकारक हुन्छ। यसै भन्दैमा कोहीमा पनि पूर्ण ज्ञान हुँदैन। सबैमा समान चेतना र क्षमता पनि हुँदैन। यसै भन्दै गर्दा जीवनको सारतत्व के हो भन्ने भुल्न हुँदैन। यहि जीवनको सारतत्वभित्र विश्व समुदाय क्रियाशील हुने हो।

सस्तो लोकप्रियता र खोक्रो आडम्वरमा बाँच्नेहरुका लागि समाजिक सञ्जाल सबैभन्दा प्रिय बनेको छ। यसको प्रयोगसँगै आम व्यक्तिको धरातल कस्तो छ भन्ने बुझ्ने हो भने यो घातक रोग बन्न सक्दछ। आखिर केका लागि प्रयोग गरिरहेका छन् त आम जनताले समाजिक सञ्जाल ? विषयवस्तुको गाम्भिर्यताभन्दा पनि सामाजिक सञ्जालमा चर्को लोकप्रियता हासिल गर्नका लागि कार्यक्रम गरिने पद्धतिको विकास भयो। कार्यक्रमको उद्देश्यभन्दा पनि सञ्जालमा पोष्ट गर्नका लागि मरिहत्ते गर्नेहरुको त्यो भीडले अहिले कुनै पनि विषयको निष्कर्ष फितलो हुन पुगेको छ।

जेका लागि कार्यक्रम सम्पन्न गर्ने हो त्योभन्दा नितान्त फरक ढंगमा कार्यक्रम पुगेपछि त्यसको दिने नतिजाले आम जनतामा के सन्देश देला ? त्यो सोच्ने क्षमता कसैमा पाउन सकिएन। लामो समयसम्म योगदान दिने र देश र समाजको परिवर्तनका खातिर जीवन व्यतित गरेकाहरुका समाजिक सञ्जालमा रोइलो देख्दा लाग्दछ, हामी भेडा हौं। जसको विचार र सिद्धान्त नै स्खलित भइसकेको छ। कथित विद्धता नै यही रवैयामा निरन्तर समाजिक सञ्जालमा प्रयोग भइरहेपछि आम जनता र सर्वसाधारणहरु त्यसैको निरन्तरतामा नै रमिरहेका छन्। जसलाई एक्काइसौं शताव्दीको लोकतन्त्रको सुन्दर उपमा दिएर कमजोरी लुकाउने भरमग्दुर असफल प्रयास गरिरहेका छन्। इन्टरनेटको सही सदुपयोगबाट वैचारिक, आर्थिक तथा भौतिक परिवर्तन गर्न व्यक्तिको चेतनास्तर, योग्यता, क्षमता र कार्यकुशलताको समान संगमले मात्र सकिन्छ भन्ने पनि बुझ्न जरुरी छ।

जीवन आफैमा पनि त्यति सहज हुँदैन, त्यति आम जनताले सोचेका हुन्छन्, प्रविधिको उपयोगको नाममा, लोकतन्त्रका नाममा जे–जस्तो पनि समाजिक सञ्जालमा व्यक्त गर्दे जाने हो भने यसले आम जनताको जीवनस्तरमा नराम्रो असर पार्नेमा कुनै शंका छैन। जन्मेदेखि नै प्रविधि र लोकतन्त्रका नाममा ग्याजेट चलाउने र बच्चालाई खुशी पार्ने नाममा यसको गलत प्रयोगलाई बढावा दिने हो भने विश्वमा मानसिक रोगीको संख्या बढ्न लामो समय पर्खन पर्दैन। त्यसपछिको देश र विश्व कस्तो होला, लोकतन्त्रका नाममा छाडातन्त्र मौलाउँदै जाँदा देशका विद्धता हासिल गरेका कथित बुद्धिजिवीहरुले समयमा सोच्न आवश्यक बनिसकेको छ। विषयको गाम्भिर्यता व्यक्तिको क्षमतामा निर्भर रहन्छ, समाज कस्तो बन्ने भन्ने समाजमा रहने व्यक्तिहरुको चेतनास्तरमा निर्भर रहन्छ। प्रविधिको उपयोगका नाममा बच्चालाई फकाउनका लागि मोवाइल दिने शैली मानव जीवन बर्बादीको कारक बन्ने कुरामा कुनै शंका छैन।

प्रविधिकाे उचित प्रयोगले मानव जातिलाई सहज जीवनयापनका लागि सीमित भूमिका मात्र खेल्ने हो, अरु त व्यक्तिको क्रियाशीलतामा नै निर्भर गर्दछ। जुन कुरा हामी भुलिरहेका छौं। प्रविधिको उपयोगका नाममा हामीले जीवनका सारतत्व त भुलिरहेका त छैनौं। एकपटक गम्भिर भएर सोच्ने कि ?

अल्पज्ञान हानिकारक हुन्छ। यसै भन्दैमा कोही पनि पूर्ण ज्ञान हुँदैन। सबैमा समान चेतना र क्षमता पनि हुँदैन। यसै भन्दै गर्दा जीवनको सार तत्व के हो भन्ने भुल्न हुँदैन। यही सार तत्व भित्र विश्व समुदाय क्रियाशील हुने हो। आत्मसन्तुष्टिका नाममा क्षणिकताले जीवनको सार वुझन सकिदैन । जव व्यक्तिलाई जीवनका सारका वारेमा केहि ज्ञान पैदा हुन जान्छ, तव जीवन निरर्थक लाग्दछ, त्यसपछि समान्य जीवनमा फर्कन सकिदैन । यहि निरन्तरताका वीचमा हिडिरहेको मानव जाति जीवनको सार वुझन सकेन भने त्यसले भविश्यमा विकराल रुप लिनेछ ।

प्रविधिको उपयोग र स्वतन्त्रताको अंगिकारसँगै मानव जातिले आफनो धरातल कदापि बिर्सन हुँदैन। पदीय दायित्यका समेत हेक्का नराख्नेहरु सामाजिक अभियान्ता र बौद्धिकताको लेपनमा लिप्त बनेको हाम्रो समाजमा धेरै भेटिन्छन्। व्यक्तिको व्यक्तिगत जीवनसँगै सामाजिक र मानविय जीवन पनि जोडिएका हुन्छन्। जुन कुरा आम व्यक्तिलाई थाहा नहुन सक्दछ। तर शिक्षित र बौद्धिक वर्गमा देखिएको चेतनाविहिन भूमिका र उनीहरुले सामाजिक सञ्जालमा खेल्ने भूमिकाले समाजलाई झन दुषित तुल्याइदिएको छ।

सामाजिक सञ्जाल आफैमा जीवनको साधन मात्र हो, साध्य होइन, यो यथार्थ बुझ्न शिक्षित वर्ग र वौद्धिक वर्गले बुझ्न ढिला गर्नु हुँदैन। यही व्यक्तिको जीवनशैलीमा नै समाज अगाडि बढेको हुन्छ। सामाजिक सञ्जाल व्यक्तिगत हो भन्ने सोच नै कमजोर चेतनास्तरको मापन हो, चाहे त्यो विद्यता होस् वा शिक्षित वर्ग। शिक्षित र बौद्धिक हुने बित्तिकै सबै क्रियाकलाप सही हुन्छ भन्ने सोच नै गलत हो। प्रविधिको उचित प्रयोगले मानव जातिलाई सहज जीवनयापनका लागि सीमित भूमिका मात्र खेल्ने हो। अरु त व्यक्तिको क्रियाशीलतामा नै निर्भर गर्दछ। जुन कुरा हामी भुलिरहेका छौं। प्रविधिको उपयोगका नाममा हामीले जीवनका सारतत्व त भुलिरहेका त छैनौं, एकपटक गम्भिर भएर सोच्ने कि ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्