धादिङ, २ बैशाख। धादिङमा एकजना युवामा कोरोना भाइरस देखिएको छ। ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको हो।
दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका २७ वर्षीय ती युवालाई आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो। विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। ती युवालाई आजै काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए।



लोकपाटी न्यूज

