काठमाडौं, २ बैशाख। मन्त्रिपरिषद् बैठकले आगामी बैशाख १५ गतेसम्म देशभरि लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले १२ दिन लकडाउनको अवधि थपेको हो। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो।तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ। अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ। काठमाडौं उपत्यकामा थप २ जना संक्रमित भेटिएपछि प्रशासनले थप कडाइ गर्ने भएको छ।
कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश-२ मा चार जना र काठमाडौंमा दुई जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।



लोकपाटी न्यूज

