बाजुरामा १ सय ४५ को स्वाब संकलन

corona test
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २ बैशाख। बाजुरामा क्वारेन्टाईनमा र होम क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरिएको छ। जिल्लाको तीन ठाउँबाट हेलिकप्टरबाट स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमूख दयाकृष्ण पन्तले जानकारी दिए।

बाजुरा जिल्लाको पूर्वि उत्तरी क्षेत्रको स्वामीकार्तिक खापरगाउँपाललिको सुईजीउला, बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस र बुढिगंगा नगरपालिकाको भानोदय माबिमा टोली पुगेर स्वाब संकलन गरिएको पन्तले बताए।स्वार्मीकार्तिक खापर गाउँपालिकाका ७२ जना, बुढिनन्दा नगरपालिकाका १२ जना, हिमाली गाउँपालिकाका ६ जना त्यसै गरि बडिमालिकाबाट २७ जना, गौमुलका ७ जना, स्वामि कात्तिकका १ जना।

त्यसै गरी बुढिगंगा नगरपालिकाबाट ८ जना, खप्तड छेडेदह गाउपालिकाका ४ जना, त्रिबेणी नगरपालिकाका ८ जना गरि १ सय ४५ जनाको स्वाब संकलन गरिएको हो। संकलन गरिएको स्वाब हेलिकप्टरबाट काठमाडौं लगिएको पन्तले बताए। कोभिड-१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत् स्वाब संकलनका लागि टोली सोमबार बाजुरा आइपुगेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्