जेनेभा। कोरोना भाइरस कोभिड-१९ स्वाइन फ्लू भन्दा १० गुणा घातक हुने पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोभिड-१९ स्वाइन फ्लू भन्दा १० गुणा घातक हुने पुष्टि भएको छ।
२००९ को जनवरीदेखि २०१० को अगस्टसम्म महामारीको रुपमा फैलिएको स्वाइन फ्लूबाट १६ लाख संक्रमित भएका थिए। जसका कारण १८ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो। हालै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेससले कोरोना भाइरसको क्षति स्वाइन फ्लूबाट भएको क्षतिलाई धेरै भइसकेको बताए।
टेड्रोसले भने, ‘हामीलाई जे थाहा छ त्यो मात्रै भन्न सक्छौँ, हामीलाई जे थाहा छ त्यही मात्रै गर्न सक्छौँ, तर विभिन्न देशबाट प्राप्त प्रमाणले यसले यो कसरी फैलन्छ र कस्तो असर गर्छ भन्ने प्रष्ट चित्र आइसकेको छ। उनले अघि थपेका छन्, ‘कोभिड-१९ तीव्र रुपमा फैलन्छ र हामीलाई थाहा छ यो घातक छ, यति घातक कि, २००९ को स्वाइन फ्लू महामारीभन्दा १० गुणा बढी।
कोरोना भाइरसका कारण विश्वभर १८ लाख ३५ हजार भन्दा धेरै संक्रमित भएका छन्। यस्तै १ लाख १३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। चीनको वुहान सहरबाट सुरु भएको कोभिड १९ पछिल्लो समय अमेरिका र युरोपका कतिपय देशमा तीव्र रुपमा फैलिएको छ ।



लोकपाटी न्यूज

