काठमाडौं, १ बैशाख। विपतका बेला हुनसक्ने हिंसाका घटना न्युनिकरण र पीडित तथा प्रभावितको उद्धार र पुनर्स्थापनामा जुट्न सार्वजनिक आव्हान गरिएको छ। नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालबीच विपतका बेला हुनसक्ने हिंसाका घटना न्युनिकरण र पीडित तथा प्रभावितको उद्धार र पुनर्स्थापनामा जुट्न सार्वजनिक आव्हान गरिएको हो।
विश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संटत उत्पन्न भएको छ। अझै उच्च सकटमा पर्नसक्ने हुँदा सबै सहयोगी हातहरुको विशेष साथको लागि आव्हान गरिएको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बताए। विश्वभरि बढ्दो रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट आफू बचि अरुलाई समेत बचाउन आज विश्व लकडाउनको अव्यवस्थामा रहेको छ।
स्वास्थ्य सतर्कता, स्वास्थ्य जानकारी तथा स्वास्थ्य सामग्रीको वितरणमा तीन तहका सरकार, विभिन्न सामाजिक संघसस्था, निजी क्षेत्र, सामुदायिक सस्था नागरिक समाजको ऐक्यबद्धता रहेको जनाएको छ।
यस्तो संकटको घडीमा घरैबाट, आफन्तबाट र छरछिमेकबाट विशेष गरी बालबालिका, महिला तथा किशोरीमाथि विभिन्न प्रकारका घरायसी हिंसा, विभेद तथा अन्याय परी कतै बेचविखन तथा ओसारपसारका लागि ललाईफकाई, धाक धम्की तथा प्रलोभन दिइरहेका भए सतर्कता अपनाउन आग्रह गरेका छन्। यस्ता गतिविधि भई शंका लागेमा टोल फ्रि नम्बर ११४५ मा र बालबालिका तथा किशोरीहरुका लागि १०९८ र १०४ मा तुरुन्त खवर गर्न मन्त्रालयका उपसचिव रोशनी देवी काकी आग्रह गरिन्।



लोकपाटी न्यूज
