काठमाडौं, १ बैशाख। चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको छन। यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो। संक्रमित मध्ये ९८ जना विदेशबाट आएको बताइएको छ। १० जना भने स्थानीय रुपमै संक्रमित भएका थिए। स्थानिय संक्रमितहरुमध्ये सातजना हेलोङझियाङ प्रान्तका छन् भने तीनजना गुवाङदोन प्रान्तका भएको बताइएको छ।
चीनमा हालसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ को मृत्यु भइसकेको छ ।



लोकपाटी न्यूज

