चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा राहात बितरण सुरु

Chautara
लोकपाटी न्यूज

सिन्धुपाल्चोक, ३० चैत। चौतारा साँगाचोकगढी नगरपालिकाले शनिबारदेखि राहात बितरण सुरु गरेको छ। सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने बिपन्न परिवारका लागि नगरपालिकाले राहात बितरण सुरु गरेको हो।

कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति तथा लामो समयसम्म देश लकडाउनका कारण दैनिक गुजारा चलाउन नसकेका व्यक्तिहरूलाई जिवनयापनका लागि अत्यावश्यक खाद्य सामग्री, जिन्सि, राहत प्याकेज तोकिएको मापदण्ड बमोजिम फोटोसेसन नगरी बितरण गरिएको नगरपालिकाका उपप्रमूख जानुका पराजुलीले बताइन्। राहत वितरण प्रक्रियालाई प्रभावकारी विश्वसनिय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत बितरण सुरु गरिएको उपप्रमूख पाराजुलीले बताइन्।

देशमा कोरोना भाइरसका कारण उत्पन्न समस्या र संकटले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक मजदुर, गरीब बिपन्नहरुको तथ्यांक संकलन गरी राहात बितरण सुरु गरिएको हो। कोरोना भाइरसको संक्रमण(कोभिड–१९) को संभावित महामारी फैलिन नदिन गरिएको लकडाउन अवधिका लागि  मजदुर तथा बिपन्न परिवारका लागि जीवन गुजारामा समस्या परेको भन्दै नगरपालिकाले ती परिवारको लागि राहत बितरण गरेको छ। परिवारको संख्या हेरेर चामल, दाल, नुन, तेल, चिनी, साबुन लगायतका सामग्री बितरण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्