लकडाउनकाे निर्णय वस्तुनिष्ठ र प्रभावकारी छ : हरिराज अधिकारी

लोकपाटी न्यूज

काठमाडौं, ३० चैत। नेकपाका केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद हरिराज अधिकारीले नेपाल सरकारले घोषणा गरेको लकडाउन पूर्व सतर्कताको अचुक अस्त्र साबित भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् आइतबार स्टाट्स लेख्दै उनले यस्तो बताएका हुन्।

छिमेकी देशको अवस्था हेरेर सरकारले उचित निर्णय गर्ने समेत उनले बताएका छन्। सांसद अधिकारीले फेसबुकमा स्टाट्स लेखेका छन्,‘हामी नेपालीहरु सामन्तवादी उत्पादन सम्बन्धको अन्त्य र पूँजीवादी उत्पादन सम्वन्धको सुरूवाती चरणमा छौं। यतिबेला उत्पादन भएका सामानहरू जनतासित असरट्ट अवस्थामा छन्।’

सांसद अधिकारीले यहि भौतिक अवस्थालाई औद्योगिक विकासको सुरूवातीको चेतना र चरण साबित गर्न सक्नुपर्नेमा जोड दिएका छन्। उनले आफूले उत्पादन गरेको वस्तु धेरै समय टिकाउने उपायहरू खोज्नुपर्ने भन्दै आत्मा निर्भर बन्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्