निरु आचार्यको “नवरश्मी” गजल

Niru Acharya
लोकपाटी न्यूज

तिम्रै हातको सिन्दुर लगाउदा कस्ती भाछु

छ्मछ्म चुरा नारिभरी सजाउदा कस्ती भाछु ,

कति रहर लाग्थ्यो पैले रातो सारी लगाउन

सुख दुखसंगै प्रिति जमाउदा कस्ती भाछु,

भन्नेले त केके भन्थे कस्ती छुची रैछे

मोरि

एक्लै सुत्थे एकान्तमा छ्मछ्माउदा

कस्ती भाछु,

संगीसाथी जिस्काउदा त्यसै मन चङ्गा

हुन्थ्यो

मुटुसंग मुटु टसाउदा कस्ती भाछु,

कति ठूलो थियो सपना एकदिन पुरा

गर्छु भन्ने

मनमन्दिरमा बास बसाउदा कस्ती भाछु ,

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्