गुल्मी, २९ चैत। कोरोना सङ्क्रमित युवतीसँगै आएका पाँच जनाको स्वाब परीक्षण ’नेगेटिभ’ आएको छ। कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको आशङ्कामा गुल्मीबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको पाँच जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।
गुल्मीको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकाका पाँच जनाको स्वाब परीक्षणका लागि गएको मङ्गलबार बुटवल प्रयोगशालामा पठाइएको थियो।
परीक्षणका लागि स्वाब पठाइएका व्यक्तिहरु सबै होम क्वरेन्टीनमा रहेको प्रमूख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। उनीहरु गएको चैत ४ गते कतार एअरवयजको विमानबाट नेपाल आएका थिए। त्यही विमानमा आएकी एक जना युवती सङ्क्रमित भेटिएकी थिइन्।



लोकपाटी न्यूज

