काठमाडौं, २९ चैत । नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको भारतीय टेलिभिजनहरुले अपवाह फैलाएका छन् । भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन्।
चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो । भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए।
बिहारका डिजिपी गुप्तेश्वर पाण्डेले बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन्। यता पर्सा जगरनाथपुर गाउंपालिका अध्यक्ष मियाँले शुक्रबार विज्ञप्ती जारी गर्दै सो समाचार अफवाह मात्र भन्दै आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।




लोकपाटी न्यूज

