कोरोना लागेकी ९३ वर्षीया वृद्धा उपचारपछि निको भइन्

woman_recover_from_covid 1
लोकपाटी न्यूज

एजेन्सी। टर्कीमा एक ९३ वर्षीया वृद्धा उपचारपछि निको भएकी छिन्। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेकी छिन्।

टर्कीकी ९३ वर्षीया महिलाको कोरोनालाई हराएकी हुन्। इस्तानबुलको एक अस्पतालमा १० दिनसम्म उपचार गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। समाचार एजेन्सी एएफपीका अनुसार अस्पतालका प्रमूख डाक्टर जेकाए कुत्लुबेले भने, ’यो हाम्रो लागि हौसला बढाउने खबर हो किनकि यही उमेरका मानिसलाई कोभिड-१९ को खतरा धेरै हुन्छ। अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका बिरामीहरुलाई भने निको हुन धेरै समय लाग्छ।’

डाक्टर कुत्लुबे भने, ’९३ वर्षीया महिला स्वस्थ भएर सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर निस्कनु हाम्रो लागि र अन्य बिरामीका लागि हौसला बढाउने खबर हो।’ विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बेला यो राहतको खबर आएको हो।

ट्रकीमा अहिलेसम्म ४७ हजारभन्दा धेरै कोरोनाबाट सङ्क्रमित भएका छन्। सङ्क्रमणको हिसाबले टर्की नवौँ स्थानमा छ। इटलीमा कोरोनाको कारण अहिलेसम्म एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्