रमेश भुसाल/ नवलपरासी, २८ चैत। उद्योग वाणिज्य संघ नवलपरासीले जिल्ला भित्रका दैनिक मजदुरी गरेर खाने गरीब तथा अति बिपन्नहरुको लागि राहत सामग्री शुक्रबारदेखि स्थानीय तहहरुलाई उपलब्ध गराएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर खाने, असाहय असक्त तथा निम्न वर्गहरुको जिवनयापनलाई सहज बनाउनका लागि उद्योग वाणिज्य संघ नवलपरासीले जिल्लाका उद्योगी, व्यवसायी तथा वर्तमान कार्यसमितिबाट राहत संकलन जिल्लाका सवै नगर तथा गाउँपालीकाहरुलाई उपलब्ध गराइएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले बताए।
जस अन्तरर्गत शुक्रबार पाल्हिनन्दन गाँउपालीका र सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले बताए। उद्योग वाणिज्य संघ नवलपरासीद्धारा अति बिपन्न मजदुरी गरेर खाने असाहय अशक्तहरुको लागि भनेर प्रत्येक स्थानीय तहलाई १ हजार के जि (सोना स्टीम चालम उपलब्ध गराइएको संघका महासचिव गिरिराज पाण्डेले बताए। त्यस्तै बर्दघाट लगायत बाँकी रहेका स्थानीय तहहरुलाई पनि राहत सामग्री उपलब्ध गराइने संघकी सचिव तारा आर्चायले जानकारी दिइन्।
यसैबिच, पश्चिम नवलपरासीको सुनवल नगरपालीको दैवि प्रकोप उद्धार विशेष कोषमा आरती एग्रो इन्डसट्रिज प्रालि सरावल नवलपरासीका प्रोप्राइटर नगेन्द्र अग्रहरीले व्यक्तिगत रुपमा १ लाख २० हजार ७ सय रुपौया बरारवरको सहयोग गरेका छन्।
उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष समेत रहेका आरती एग्रो इन्डसट्रिजका प्रोप्राइटर अग्रहरीले कोरोना भाइरसको महामारीको कारण दैनिक मजदुरी गरेर खानेहरु प्रभावित भएको भन्दै उनिहरुको दैनिकीलाई सहज बनाउनका निम्ति आफूले नगरपालिकामार्फत् सहयोग गरेको बताए।



लोकपाटी न्यूज
