रुकुममा १० दिनमा अस्पताल बनाइने

Janardan Sharma
लोकपाटी न्यूज

रुकुम, २८ चैत। कोरोना भाइरसबाट संंक्रमित भइहाले उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि रुकुममा १० दिनभित्र अस्पताल बनाइने भएको छ। १० दिनमा तयार परिने लक्ष्यका साथ बन्न लागेको हस्पिटल ८ कोठाको हुनेछ।

रुकुमका सांसद तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्माका अनुसार ३० घण्टामा भवनको डिपिसीको काम सकेका उनीहरूले झ्याल, ढोका राखेर गारो लगाउने काम गर्दैछन्। आफुले पनि ईटा बोकेको भन्दै शर्माले भने, ‘कामदारलाई साथमा साथ दिन र उच्च मनोबलका साथ काम गर्न मैले पनि काम गरेको हुँ।’

दश दिनमा भवन निर्माण कार्य पूरा गरी प्रयोगमा ल्याउने गरी तीव्रताका साथ काम भइरहेको शर्माले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्