लमजुङको ग्रामिण क्षेत्रमा पालना भएन लकडाउन

oGhale gaun
लोकपाटी न्यूज

लमजुङ, २८ चैत। कोरोना भाइरस सङ्क्रमणबाट बच्न र रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका बेला लमजुङ- तनहुँका छिमेकी गाउँमा निर्वाधरूपमा आवतजावत गरेको पाइन्छ । शहरबजारमा लकडाउनको पूर्णरूपमा पालना भए पनि ग्रामीण भेगमा भने एक जिल्लाबाट अर्को जिल्लामा दैनिक कामकाज, किनमेल, दैनिक उपभोग्य वस्तु तथा खानेपानीका लागि भन्दै स्थानीयवासी आवतजावत गरिरहेका छन्।

मानिसहरु तनहुँको रुपाकोट, मानेचौका, पुतीबजार, टुहुरे पसल, ढादफेदी, बासखर्कलगायतका ग्रामीण भेगबाट लमजुङतर्फ आउने गरेका छन्। लमजुङको पाउँदी बजार, रम्घाटार, न्यौपाने गाउँलगायतका गाउँबस्तीबाट तनहुँतर्फ जाने गरेका छन्। त्यस्तै, रिस्तीखोला करिडोरका लमजुङतर्फ जिता, देउराली, बगुवा, जिताबेँसी, खहरे, सोतीपसल, चर्दीबजार, दुइपिप्ले बजारलगायतका बस्तीका बासिन्दा तनुहँ जाने गर्दछन् । सोही करिडोरका तनहुँतर्फ तार्केखोला, सोतीबेँसी, साखुली, सत्रसयलगायतका गाउँबस्तीबाट लमजुङमा आवतजावत गरिरहेका छन् । विषेशगरी दुई जिल्ला जोडिएको सिमनाका बासिन्दा एक–अर्को जिल्लामा आवतजावत गरिरहेको स्थानीयवासीको भनाइ छ। सुन्दरबजार नगरपालिका–६ का वडाध्यक्ष रघु मिश्रले सामानहरु पनि ल्याउनुपर्ने भएकाले सिमानामा रोकतोक नगरिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्