काठमाडौं, २९ चैत्र। बुधबार साँझ आठ बजेसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १५ लाख ३६ हजार ६ सय ७७ पुगेको छ। संक्रमितमध्ये ३ लाख ४० हजार ३ सय ५६ जना व्यक्ति निको भएर घर फर्किएका छन्।
बुधबार साँझसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ८९ हजार ९ सय ७ पुगेको छ। संक्रमितमध्ये ४८ हजार ४ सय ९३ जना व्यक्तिहरु सिकिस्त बिरामी छन्। संक्रमितमध्ये ११ लाख ६ हजार ४ सय १४ जना व्यक्तिहरु सामान्य अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
कोरोनाबाट सबैभन्दा धेरै नागरिक इटालीमा गुमेका छन्। मंगलबार साँझसम्म इटालीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ। हाल इटालीमा संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय ४६ रहेको छ। संक्रमितमध्ये ३ हजार ६ सय ५३ जना व्यक्तिहरु सिकिस्त बिरामी छन्।
त्यसैगरि स्पेनमा १५ हजार ८ सय १८ ले ज्यान गुमाएका छन्। स्पेनमा संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय ४६ रहेको छ। तेस्रो जोखिममा भने अमेरिका छन्। अमेरिकामा १४ हजार ८ सय १८ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा संक्रमितको संख्या ४ लाख ३५ हजार २ सय ८९ रहेको छ। अमेरिकामा ९ हजार २ सय ७९ जना सिकिस्त बिरामी छन्।
फ्रान्समा पनि कोरोनाको जोखिम बढ्दै गएको छ। मंगलबारसम्म फ्रान्समा १ लाख १२ हजार ९ सय ५० जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १० हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ। त्यसैगरि सिकिस्त बिरामीको संख्या ७ हजार १ सय ४८ जना रहेको छ।
कोरोनाबाट बेलायतमा ६ हजार ९७ जनाको मृत्यु भइसकेको छ। त्यसैगरि चीनमा ३ हजार ३ सय ३५, इरानमा ४ हजार १ सय १०, बेल्जियममा २ हजार ५ सय २३, नेदरल्याण्डमा २ हजार ३ सय ९६, स्वीजरल्याण्डमा ९ सय २६, टर्कीमा ८ सय १२, क्यानडामा ४ सय ३५ जना व्यक्तिको मृत्यु भइसकेको छ।
त्यसैगरि अष्ट्रियामा २ सय ९५, पोर्चुगलमा ४ सय ९, ब्राजिलमा ८ सय २३, दक्षिण कोरियामा २ सय ४, इजरायलमा ७९, स्वीडेनमा ७ सय ९३, रसियामा ७६, अस्ट्रेलियामा ५१, नर्वेमा १ सय ४, आयरल्याण्डमा २ सय २५, डेनमार्कमा २ सय ३७, भारतमा १ सय ८६ जनाको मृत्यु भएको छ।




लोकपाटी न्यूज

