सुनवलको वडा नम्बर चारमा पहिलो चरणको राहत बितरण सम्पन्न

n
लोकपाटी न्यूज

रमेस भुसाल/  सुनवल, २७ चैत। सुनवल नगरपालिकाको वडा नम्वर ४ मा प्रथम चरणको राहत बितरण कार्य सम्पन्न भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न घरधुरीलाई वडामार्फत् पहिलो चरणको राहत बितरण कार्य सम्पन्न भएको राहत बितरण समितिका संयोजक वडा नम्वर ४ का अध्यक्ष विर बहादुर गुरुङले जानकारी दिए।

वडा नम्बर ४ मा राहतका लागि १ सय ८९ घरधुहरु छनोट भई आएका थिए भने १ सय ८१ घरधुरीले राहत लिएका ८ घर धुरीले राहत नलिने स्वघोषणा गरेको वडा सचिव सुरज पराजुलीले जानकारी दिए।

हिजोदेखि सुरु गरिएको राहत बितरण कार्यक्रममा समितिका सदस्यहरु, रमा ढकाल, दशरथ कुमाल, गुन वहादुर थापा, वालकृष्ण पंगेनी, कुमिसरा विक, किशोर कमाचार्य, हरि कंडेल र ईलाका प्रहरी कार्यालय सुनवलका प्रतिनिधि प्रहरी सहायक निरिक्षक महेश रायमाझी लगायतको सक्रियता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्