काठमाडौं, २७ चैत्र। लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।
लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेको छ। साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुका लागि नयाँ व्यवस्था गरेको छ।
सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको हो। लकडाउन बढ्दै गएपछि मानिसहरुको दैनिक जनजीवन थप कष्टकर बन्दै गएको छ। वैशाख ४ गतेबाट पनि परिस्थिति सहज हुने नदेखेपछि सरकारले नयाँ कदम चालेको हो।



लोकपाटी न्यूज

