बहराइनमा रहेका थप १० नेपालीमा कोरोना संक्रमण

लोकपाटी न्यूज

काठमाडौं, २७ चैत। बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संगै बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो। मनामास्थित नेपाली राजदूतावासले जनाए अनुसार अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो। सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ। बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्