नव वर्ष फेवा मेला तथा १७ औँ पश्चिमाञ्चल राष्ट्रिय महोत्सव स्थगित

phewa mahotsab1
लोकपाटी न्यूज

निर्मल पौडेल/  पर्वत, २६ चैत। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण यस वर्षको वृहत नव वर्ष मेला तथा फेवा महोत्सव स्थगित गरिएको छ। कोरोना भाइरसका कारण नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको महोत्सव स्थगित गरिएको हो।

कोरोनाको संक्रमण फैलिने र देशनै लकडाउनको अवस्थामा रहेका बेला महोत्सवको आयोजना गर्नुको कुनै औचित्य नभएको पश्चिमाअञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। अध्यक्ष तुलाचनले आयोजक सदस्यहरुलाई पत्राचार समेत गरेको बताए।

तुलाचनका अनुसार कोरोना भाइरसले उत्पन्न विषम परिस्थितीमा नेपाल सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनका कारण १७ औँ पश्चिमाञ्चल राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महोत्सवको रुपमा प्रचारप्रसार गरी बढि भन्दा बढि पर्यटक भित्र्याई प्रदेशकै पर्यटन प्रर्वद्धनमा योगदान पुर्‍याउने उद्देश्य रहेपनि स्थगित हुँदा पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको बताए।

यस्तै आयोजकले लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै महोत्सव स्थगित भएकोमा चिन्ता व्यक्त गरेको छ भने कोरोना सन्त्रासको विषम परिस्थीतिको साम्य भएपछि आयोजना गर्ने बताएको छ। महोत्सवले गण्डकी प्रदेशकै जातिय भेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको समेत प्रवद्र्धन गर्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्