काठमाडौं। सरकारले पहिलोपटक अनलाइनमार्फत् खाद्यान्न बिक्री र डेलिभरीको सेवा दिन सुरु गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि यस्तो सेवा सुरु गरेको हो।
कम्पनीका अनुसार ग्राहकले अनलाइनमार्फत् चामल, दाल, गेडागुडी, फापर, इन्डक्सन चुल्हो खरिद गर्न सक्नेछन्। अनलाइनमा अर्डर गरेको खाद्यान्न दुई दिनभित्र उपलब्ध गराइने कम्पनीले जनाएको छ। अनलाइन सपिङका लागि न्युनतम २ हजार रुपियाँको खरिद गर्नुपर्नेछ। लकडाउन अवधिभर डेलिभरीको शूल्क नलिइने पनि कम्पनीले स्पस्ट पारेको छ।
तत्कालका लागि यो सुविधा काठमाडौको चक्रपथभित्र मात्र उपलब्ध हुनेछ। भविष्यमा अन्य स्थानमा पनि यसलाई विस्तार गर्ने कम्पनीको लक्ष्य छ। सरकारले अत्यावश्यक सामग्री घरघरसम्म पुर्याउने उद्देश्यका साथ अनलाइन सपिङ सुरु गरेको हो।



लोकपाटी न्यूज

