भोलिदेखि भरी सिलिण्डर ग्यास पाइने (विज्ञप्ति)

LP-Gas-1
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमले अब भरी सिलिण्डर ग्यास नै बेच्ने निर्णय गरेको छ। निगमले भोलिबाट भरी सिलिण्डर ग्यास भर्ने र आइतबारबाट बेच्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए।

खाना पकाउने एलपी ग्यासको पर्याप्त मौज्दात रहेकाले भरी सिलिण्डर ग्यास नै बेच्ने निर्णय गरिएको पनि कार्यकारी निर्देशक पौडेलले बताए। निगमले ग्यासको सम्भावित अभावलाई टार्न चैत १२ गतेको निर्णयअनुसार ग्यास उद्योगीहरुलाई चैत १५ गतेदेखि ७.१ केजी ग्यास भरेर बजारमा पठाउन लगाएको थियो।

उद्योगीहरुले चैत २७ गतेदेखि सिलिण्डरमा भरी ग्यास हाल्नेछन् भने आधा ग्यास भरिएका सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट भरी सिलिण्डरका ग्यास बिक्रि वितरण हुनेछन्।

noc_gas

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्