अब घरमै बसेर विश्वका ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने

Remiitance
लोकपाटी न्यूज

काठमाडौं, २६ चैत। अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एसिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने भएको छ। विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरुले अनलाइन रकम जम्मा गर्न सक्ने छन्।

World Remit रOrbit Remit मार्फत् एनआईसी एसिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने छ। विश्वभरी नै महामारीको रूपमा पैmलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एन आई सी एशिया बैंकले World Remit र Orbit Remit सँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको हो।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एसिया बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो। जसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नुहुन्छ।

यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नुहुनेछ। यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट Orbit Remit र Orbit Remit मार्फत् घरमै बसी एनआई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछः

World Remit  बाट रकम पठाउनको लागि ।

१. https://www.worldremit.com/en/Nepal मा Log in  गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।

२.https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले World Remit बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।

३. यसको साथै  https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकहरूले थप जानकारी लिन सक्नुहुनेछ ।

४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नुहुनेछ भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।

५. World Remit बाट ग्राहकहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

Orbit Remit बाट रकम पठाउनको लागि ।

१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ।

२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।

३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ। निशुल्क रकम पठाउनको लागि पठाउदा  FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ।

४.Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गर्दछ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै बसेर निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ।

ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन्। नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहेकले एनआईसी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारू रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गरेको छ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्।
उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।