यसरी बनेको थियो भाइरसविरुद्ध पहिलो खोप

khope pic
लोकपाटी न्यूज

काठमाडौं। बालबालिकालाई कुनै विशेष रोग लाग्न नदिन बिरामी मानिसको घाउको पाप्रा पिसेको र पीप दलेको कुरा सुन्नुभएको छ ? यो प्रश्न नै अलि अप्रिय लाग्न सक्छ। तर खोप विकासको इतिहासमा त्यस्तो उपाय अवलम्बन गरिएको देखिन्छ।

अहिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न पनि खोप आवश्यक पर्न सक्छ। यही परिप्रेक्ष्यमा केही शताब्दीअघि एड्वर्ड जेनरले कसरी एक प्रकरको भाइरसबाट हुने बिफर रोगविरुद्ध खोप बताएका थिए। नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्।

अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन। वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेको छन्। जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ। तर यो वर्षको अन्त्य अगाडिनै पनि वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ।

यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बीचतिर मात्रै हो। तर खोप विकासको सबै कुरा सहज नहुन सक्छ जसले यसलाई ढिलो बनाउन सक्छ। मानिसमा अहिले चार प्रकारको कोरोनाभाइरस सङ्क्रमण छ। सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन। खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ।
यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने कारणले हो। सिटामोलसहित सबै औषधिहरूको साइड इफेक्ट हुन्छ। तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन।बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्