अमेरिकामा ४ लाख संक्रमित, १३८३७ को मृत्यु

covid-19 2076.12.16
लोकपाटी न्यूज

काठमाडौं, २५ चैत्र। मंगलबार साँझ आठ बजेसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १४ लाख ३० हजार ५ सय २३ पुगेको छ। संक्रमितमध्ये ३ लाख १ हजार ८ सय २८ जना व्यक्ति निको भएर घर फर्किएका छन्।

बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ८२ हजार १९ पुगेको छ। संक्रमितमध्ये ४७ हजार ९ सय १२ जना व्यक्तिहरु सिकिस्त बिरामी छन्। संक्रमितमध्ये १० लाख ४६ हजार ६ सय ६९ जना व्यक्तिहरु सामान्य अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोनाबाट सबैभन्दा धेरै नागरिक इटालीमा गुमेका छन्। बुधबार बिहानसम्म इटालीमा १७ हजार १ सय २७ जनाको मृत्यु भइसकेको छ। हाल इटालीमा संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ रहेको छ। संक्रमितमध्ये ३ हजार ७ सय ९२ जना व्यक्तिहरु सिकिस्त बिरामी छन्।

त्यसैगरि स्पेनमा १४ हजार ४५ ले ज्यान गुमाएका छन्। स्पेनमा संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय ४२ रहेको छ। तेस्रो जोखिममा भने अमेरिका छन्। अमेरिकामा १२ हजार ८ सय ३७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा संक्रमितको संख्या ४ लाख ३ सय २३ रहेको छ। अमेरिकामा ९ हजार १ सय ६९ जना सिकिस्त बिरामी छन्।

फ्रान्समा पनि कोरोनाको जोखिम बढ्दै गएको छ। बुधबार बिहानसम्म फ्रान्समा १ लाख ९ हजार ६९ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १० हजार ३ सय २८ जनाको मृत्यु भइसकेको छ। त्यसैगरि सिकिस्त बिरामीको संख्या ७ हजार १ सय ३१ जना रहेको छ।

कोरोनाबाट बेलायतमा ६ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ। त्यसैगरि चीनमा ३ हजार ३ सय ३१, इरानमा ३ हजार ८ सय ७२, बेल्जियममा २ हजार ३५, नेदरल्याण्डमा २ हजार १ सय १, स्वीजरल्याण्डमा ८ सय ११, टर्कीमा ७ सय २५, क्यानडामा ३ सय ८१ जना व्यक्तिको मृत्यु भइसकेको छ।

त्यसैगरि अष्ट्रियामा २ सय ४३, पोर्चुगलमा ३ सय ४५, ब्राजिलमा ६ सय ८६, दक्षिण कोरियामा १ सय ९२, इजरायलमा २१, स्वीडेनमा ५ सय ९१, रसियामा ५८, अस्ट्रेलियामा ४८, नर्वेमा ८९, आयरल्याण्डमा २ सय १०, डेनमार्कमा २ सय ३, भारतमा १ सय ५०, चेञ्जेनियामा ८८ जनाको मृत्यु भएको छ।

त्यस्तै चिलीमा ४३, पोल्याण्डमा १ सय २९, रोमानियामा १ सय ९७, पाकिस्तानमा ५७, मलेसियामा ६३, जापानमा ९२, फिलिपिन्समा १ सय ७७, इक्वीडरमा २ सय २०, लम्जेम्वर्गमा ४४, साउदी अरबमा ४१, इण्डोनेसियामा २ सय २१ र मेक्सिकोमा १ सय २५ जनाको मृत्यु भएको छ।

त्यस्तै पेरुमा १०७, सर्बियामा ६१, युएईमा २१, फिनल्याण्डमा ३४, थाइल्याण्डमा २७, पानामामा ५५, कतारमा ६, डोमानिकन रिपब्लिकमा ९८, ग्रिसमा ८१, कोलम्बियामा ५०, दक्षिण अफ्रिकामा १३, अर्जेन्टिनामा ६०, अल्गेरियमा १ सय ९३, युक्रेनमा ४५, मोरक्कोमा ९०, सिंगापुरमा ६, इराकमा ६५, स्लोभोनियमा ३६ जनाको ज्यान गएको छ।

बुधबार बिहानसम्म हंगेरीमा ४७, ट्युनियामा २३ को ज्यान गएको छ। अरु कम प्रभावित दर्जनौं देशहरुमा पनि दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ। यसले विश्वका प्राय सबैजसो देशहरु संक्रमित गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्