कोरोना रोकथाम र उपचारमा युद्धस्तरमा काम भएको छ : प्रधानमन्त्री

PM_Sharma 1
लोकपाटी न्यूज

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भएको बताएका हुन्।

सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा संघीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सीएमसी) ले युद्धस्तर र समन्वयात्मक रुपमा काम गरिरहेको बताए।

उनले चर्को गर्मीको परवाह नगरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेको भन्दै उच्च प्रशंसा गरे।
प्रधानमन्त्रीले प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा रहेको व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्