आमाको मृत्यु भएको झुटो विवरण दिई सवारी अनुमतीपत्र बनाउने पक्राउ

लोकपाटी न्यूज

कठमाडौं, २५ चैत। आफ्नै आमाको मृत्यु भएको छुटो विवरण दिई सवारी चलाउने अनुमतीपत्र बनाउने पक्राउ परेका छन्। सप्तरीको सुरुङ्गा नगरपालिका–६, महोलिया घर भइ ललितपुर–३, पुल्चोक बस्ने शुभनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनले दुइ दिन अघि जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट आफ्नै आमाको मृत्यु भएकाले घर जानुपर्ने भन्दै सवारी पास बनाएका थिए।

आमाको मृत्यु भएको भन्दै बस नै रिजार्व गरी ३० जना भन्दा बढि जान लागेपछि प्रहरीले शंका लागी अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीले घरमा दाजुको नम्बर, बुबाको नम्बर माग्नेवित्तिकै उनिहरुको बोल्ने शैलि फेरिएको थियो । प्रहरीले झुटो विवरण दिने ४५ वर्षीय शुभनारायण चौधरीसहित ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र ४६ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । प्रहरील थप अनुसन्धान भइरेहकोे बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्