काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धीलाइ लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
मंगलबार ( आज ) विहान ११ बजे सम्बोधन गर्ने तयारी प्रधानमन्त्रीले गरेका हुन। सम्बोधनमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले चालेको कदमको समीक्षा र भावी योजना सार्वजनिक गर्ने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको थियो।
प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले संकटको घडीमा प्रधानमन्त्री किन मौन भन्दै प्रश्न उठाउँदै आएका थिए। त्यस्तै नेकपा सचिवालयको बैठक मंगलबार अपरान्ह प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ।



लोकपाटी न्यूज