संसदको पाँचौं अधिवेशन अन्त्य

लोकपाटी न्यूज

काठमाडौं, २४ चैत। आजदेखि संघीय संसदको दुबै सदनको चालू अधिवेशन अन्त्य भएको छ। संघीय संसद सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको चालु अधिवेशन आजैबाट अन्त्य भएको जानकारी दिएको हो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपतिबाट सरकारको सिफारिस अनुमोदन भएको हो। पछिल्लो पटक फागुन २९ गतेपछि कोरोना भाइरसका कारण बैठक बस्न सकेको थिएन। चौथोपटक सूचना टाँस गरेर बैठक चैत ३० गतेसम्मको लागि सारिएको थियो।

संसद सचिवालयका कार्यवाहक महासविच गोपालनाथ योगीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ३ (२) बमोजिम प्रतिनिधि सभा र राष्ट्रियसभा नियमावली, २०७५को नियम ३ (२) प्रतिवन्धात्मक वाक्यांस बमोजिम बैठक स्थागीत गरेको जानकारी गराएका छन्।

संसदको पाँचौं अधिवेशन अन्त्य

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्