काठमाडौं, २४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आज बस्ने मन्त्रीपरिषदको बैठक पछि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन।
सम्बोधनमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले चालेको कदमको समीक्षा र भावी योजना सार्वजनिक गर्ने बताइएको छ। सरकारले घोषणा गरेको दोस्रो चरणको लकडाउन भोलि राति १२ बजे समाप्त हुने भए पनि सरकाले थप एक साताका लागि लकडाउन लम्बाउने तयारी गरेको छ।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमार्फत लकडाउन थप एक साता थपिएको जानकारी दिने सम्भावना रहेको बताईको छ। प्रधानमन्त्रीको सम्बोधन अघि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्नेछ। प्रधानमन्त्रीकाे सम्वाेधनमा केही नयाँ प्याकेजकाे घाेषणा हुनसक्ने आंकलन गरिएकाे छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता थप गर्ने सिफारिस यसअघि नै गरिसकेको छ। मन्त्रिपरिषद बैठकले उत्त सिफारिस अनुसार लकडाउनको अवधि एक साता थप्ने बुझिएको छ।



लोकपाटी न्यूज

