औषधि व्यवसायि संघ कपिलवस्तु शाखाद्धारा पिपिई बितरण

pp
लोकपाटी न्यूज

रमेश भुसाल/कपिलवस्तु, २३ चैत। कपिलवस्तु औषधि व्यवसायि संघ कपिलवस्तु शाखाले आफ्ना औषधि व्यावसायिहरुलाई पिपिई बितरण गरेको छ। सबै कुरामा सरकारको मुख ताक्नु राम्रो नहुने भएकाले सामाजिक दायित्वलाई वहन गर्दै औषधि व्यावसायिहरुलाई व्यक्तिगत सुरक्षाका लागि सःशुल्क रुपमा पिपिई बितरण गरेको कपिलवस्तु शाखाले जनाएको छ।

औषधि व्यावसायि संघ रुपन्देही शाखाका अध्यक्ष सुरज भट्टराईको सक्रियता र कपिलवस्तु शाखाका अध्यक्ष धर्मराज भट्टराईको पहलमा कपिलवस्तुका औषधि व्यावसायिहरुलाई पिपिई प्रदान गरिएको हो। सुरुको अवस्थामा बिरामीहरु मेडिकलमा चेकजाँच गर्न आउने हुँदा स्वास्थ्यकर्मी तथा फर्मासिष्टहरु अत्यन्तै जोखिममा पर्ने भएकाले पहिलो चरणमा ७६ पिस पिपिई जिल्लाका मेडिकलहरुमा बितरण गरिएको औषधि व्यावसायि संघ कपिलवस्तु शाखाका अध्यक्ष धर्मराज भट्टराईले बताए।

विश्व स्वास्थय संगठन (WHO) को गाइडलाइन र प्रदेश सरकारको स्वीकृतमा बुटवलमै बनाइएको पिपिई वितरणका लागि औषधि व्यावसायि संघ कपिलवस्तु शाखाका महासचिव मनिराम पाण्डेय,सचिव महेन्द्र विष्ट, सह(कोषाध्यक्ष नसिरुल्ला खाँ, सदस्य गोपाल खनाल,वेदुराम पोखरेल लगायत पदाधिकारीहरु मेडिकलमै पुगी पिपिई बितरण गरेको अध्यक्ष धर्मराज भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्