राजेन्द्र बिक/ बाजुरा, २३ चैत। बाजुरा बडिमालिका नगरपालिका ८ नम्बर वडा कार्यालयले प्रत्येक परिवारलाई खाद्यान्न सहयोग गरेको छ। वडामा बसोबास गर्ने ५ सय ९० परिवारलाई ५ देखि १५ केजीका दरले वडाको बजेटबाट खाद्यन्न सहयोग गरिएको हो।
परिवारको आयस्रोत हेरेर प्रति परिवार ५ देखि १५ केजी चामल, १ केजी नुन र एक पीस साबुन वितरण गरिएको वडा अध्यक्ष प्रकाश रावलले जानकारी दिए। ज्याला मजदुरी गरेर खाने परिवारलाई लक्षित गरेर खाद्यान्न सहयोग गरिएको भएपनि सबैलाई समेट्न र लकडाउनमा देखिएको समस्या थोरै भएपनि समाधान गर्न सहयोग गरिएको अध्यक्ष रावलको भनाइ छ।
वडा कार्यालयबाट ४० क्वीन्टल चामल, ५ सय ९० केजी नुन र ५९० पीस साबुन गरी करिब २ लाख बराबरको सामान सहयोग गरिएको हो। खाद्यान्न प्रत्येक घरमै पुर्याएर हस्तान्तरण गरिएको थियो।



लोकपाटी न्यूज

