काठमाडौं, २३ चैत। काठमाडौं उपत्यकामा ग्यास बिक्रीमा कमी आएको आएको छ। कोरोनाको संक्रमणसंगै उपभोक्ताहरु आत्तिएर चाहिनेभन्दा बढि ग्यास भण्डारण गरेको र माग भन्दा बढि ग्यास आएपछि अहिले ग्यास बिक्री हुन छोडेको हो।उपभोक्ताले नाकाबन्दी जस्तै परिस्थिती सम्झिएर बढि ग्यास जम्मा गर्दा उपत्यकामा ग्यासको अभाव देखिएको थियो। तर पछिल्लो केहि दिनदेखि ग्यास बिक्रीमा कमि आएको ग्यास व्यवसायीहरु बताउछन।
ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष एवं एभरेष्ट ग्यासका संचालक शिवप्रसाद घिमिरेका अनुसार केहि दिनदेखि एभरेष्ट र सुगमक ग्यास बिक्री हुनै छाडेको छ। उनले भने, ‘अहिले हामी डिलरको माग भन्दा बढि ग्यास पठाइरहेका छौ, उद्योगको भण्डारण पनि भरिन थालिसकेको छ।’ भरिएका बुलेट पनि थन्काउनुपर्ने परिस्थिती आएको उनले बताए।
नेपाल आयल निगमको टेकुमा रहेको बिक्री कक्षमा पनि ग्यास खोज्न आउने उपभोक्ताको संख्या उल्लेख्य रुपमा कमी आएको छ। निगमको तथ्याङ्क अनुसार ६ दिनमा ६ सय ३२ ग्यास सिलिन्डर मात्रै बिक्री भए। कक्षमा २२ वटा उद्योगका ग्यास बिक्रीका लागी राखिएको छ। मंगलबार एक हजार टन ग्यास भण्डारन गरिने र त्यसपछि ग्यास लियर आउने ग्यास बुलेटको व्यवस्थापन गर्न कठिन हुने नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी बताउछन्।
कोरोना संक्रमण र सरकारले लकडाउन लगाउने समाचारले ग्यासको माग बढेको थियो। बजारमा ग्यासको अभाव देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अनुगमनमा निक्लिए। ग्यासको कृतिम अभाव सृजना गर्ने ग्यास उद्योगीलाई सेना लगाएर बिक्री गर्ने धम्की समेत दिएका थिए। त्यस्तै सरकारे ग्यास अभावलाई हटाउन भन्दै आधा सिलिण्डर ग्यास बिक्रीको निर्णय गरेको थियो ।
उद्योगीहरुसंग सिलिण्डरको विवरण मागेका गरी विवरणका आधारमा पूरा सिलिण्डर भर्ने कि नभर्ने निर्णय हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउछन। केही महिनाको आपूर्तिलाई समेत हेरी गरेर उपयुक्त निर्णय गर्ने उनले बताए।



लोकपाटी न्यूज