सुनवल सामुदायिक सिकाई केन्द्रद्वारा दैवि प्रकोप कोषमा आर्थिक सहयोग 

ooooo
लोकपाटी न्यूज

रमेश भुसाल/सुनवल, २२ चैत। सुनवल सामुदायिक सिकाई केन्द्र सुनवल नवलपरासीले दैवि प्रकोप उद्धार विशेष कोषमा अर्थिक सहयोग गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालकाको दैवि प्रकोप उद्धार राहत विशेष कोषमा सुनवल सामुदायिक सिकाई केन्द्रका कार्यसमिति सदस्य र आजिवन सदस्यहरुको तर्फवाट रु २१ हजार रुपौयाँ नगरपालीकालाई हस्तान्तरण गरेको सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले बताए।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सुनवल नगरपालीकाले चालेको कदम प्रंशसनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे। संकटको घडीमा केरोना भाइरसविरुद्ध  सबै एक जुट भएर अघि बढ्नु पर्ने भन्दै सिकाई केन्द्रले सुनवल नगरपालकाको दैवि प्रकोप उद्धार विशेष कोषमा सहयोग गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्