कोभिड-१९ बाट बिरामीकाे मृत्यु कसरी हुन्छ ?

Subodh Kattel
लोकपाटी न्यूज

सुवाेध कट्टेल

subodh-1

बाहिरी वातावरणमा भएको  अक्सिजनयुक्त हावा शरिरभित्र लिनु र शरिरभित्रको कार्वनडाइअक्साइडयुक्त हावा बाहिर फ्याक्नुलाई श्वासप्रश्वास क्रिया भनिन्छ। फोक्सो श्वासप्रश्वास प्रणालीको प्रमुख अंग हो। एल्भीयोलाई फोक्सोको सबैभन्दा सानो संरचनात्मक र क्रियात्मक कोष हो। यी कोषिकाहरु ६० करोडको हाराहारीमा हुन्छन्। यी साना साना बेलुन आकारका कोषहरु हुन्।

यिनीहरू भनेको श्वासप्रश्वाश प्रणालीको सानो र अन्तिम द्वार हुन्, जहाँबाट शास लिएको अक्सिजन रक्तनलीमा प्रवेश गर्छ, रक्तनलीमा भएको कार्बनडाइअक्साइड फोक्सोमा आउँछ। यही अक्सिजन र कार्बनडाइअक्साइडको साटफेर हुने हुँदा यसलाई श्वासप्रश्वास प्रणालीको धेरै नै महत्त्वपूर्ण कोषमा मानिन्छ।

यसमा तीन प्रकारका कोषहरु पाइन्छन्। १) टाइप निमोसाइत्स : यसले हाम्रो शरीरमा अक्सिजन र कार्बनडाइअक्साइडको साटफेर हुन मद्दत गर्दछ। २) टाइप निमोसाइत्स : यसले एल्भीयोलाइको सतह सफा राख्ने काम गर्दछ र सतहको  चापलाई घटाउने काम गर्दछ। ३) टाइप निमोसाइत्स : यसलाई डस्ट कोष भनिन्छ जसले बाहिर संक्रमण गराउने तत्त्वसँग लड्ने काम गर्छ।

Note: कोरोना

भाइरसले असर गर्ने भनेको चाहिँ टाइप निमोसाइत्स हो किनभने येस्मा भाइरस्को लागि चाहिने receptor (एक अर्कासङ बाँधिने प्रक्रिया) हुन्छ।

subodh-2

१. माथिको चित्रमा देखाए जस्तै रक्तनलीबाट अशुद्ध अर्थात् अक्सिजन विहिन रगत आउँछ। अनि यसले एल्भीयोलाईबाट फैलिएर आएको अक्सिजन लिन्छ र शुद्ध रगत बन्छ।

२. चित्रमा देखाएको एल्भीयोलाई र रक्तनलीबीचको भाग चाहिँ झिल्ली जस्तो हुन्छ, जहाँबाट सजिलै अक्सिजन रक्तनलीमा जाने र कार्बनडाइअक्साइड रक्तनलीबाट एल्भीयोलाईमा आउने गर्दछ। यसरी श्वासप्रश्वास प्रक्रियामा अक्सिजन भित्र लिने र कार्बनडाइअक्साइड बाहिर फाल्ने गरिन्छ।

रक्तनलीमा कार्बनडाइअक्साइडको चाप बढी हुन्छ भने अक्सिजनको चाप कम हुन्छ। एल्भीयोलाई भित्र चाहिँ अक्सिजनको मात्रा धेरै हुन्छ र कार्बनडाइअक्साइडको मात्रा कम हुन्छ। यसले गर्दा धेरै चाप भएको कार्बनडाइअक्साइड झिल्लीजस्तो भाग हुँदै रक्तनलीबाट एल्भीयोलाईमा पस्छ भने अक्सिजन पनि त्यसैगरी एल्भीयोलाई बाट रक्तनलीमा पस्छ। यसरी चापको फरकले गर्दा सास फेर्दा अक्सिजन भित्र लिने र कार्वनडाइअक्साइड लाई बाहिर फाल्ने काम हुन्छ।

कोरोना भाइरसले कसरी फोक्सोलाई असर गर्छ ? कसरी यसले ARDS (Acute Respiratory Distress Syndrome), SIRS (Systemic Inflammatory Response Syndrome) हुँदै Multilple Organs Failure गरी मान्छेको ज्यान लिने गर्दछ ? अब यस बारेमा चर्चा गरौं।

subodh-3

१. कोरोना भाइरस श्वासप्रश्वास नलीमा प्रवेश गरेपछि यसलाई त्यहाँ टाँसिनको लागि रिसेप्टर चाहिन्छ।

मानव शरीरमा प्रत्येक भाइरसको लागि फरक फरक Receptor हुन्छ।

कोरोना भाइरस टाँसिन चाहिने ACE2 (Angiotension Converting Enzyme 2) रिसेप्टर फोक्सोको एल्भीयोलाईमा पाइन्छ जुन  टाइप ।। निमोसाइत्स कोषमा हुन्छ र यसमा भाइरस टाँसिएर आफ्नो संख्या वृद्धि गर्दछ।

subodh-4

२. भाइरस त्यहाँ पुगे पश्चात रोग प्रतिरोधात्मक प्रक्रिया सक्रिय हुन थाल्छ, किनकि मानव शरीरको लागि यो एन्टिजिन अर्थात बाहिरी तत्त्व हो। यसरी शरीरले भाइरससंग लड्नलाई  Interlukin – 1 (IL-1), Interlukin – 6 (IL-6) र Tumor Necrosis Factor (TNF) तीनवटा सक्रिय प्रतिरोधात्मक तत्त्व उत्पादन गर्छ।

३. यी तीन तत्त्व रक्तनलीमा पुगेसंगै सक्रमितलाई कोरोना भाइरसका लक्षण देखिन सुरु हुन्छ।

लक्षणहरु:

१. सास फेर्न गह्रो हुनु : यी तत्त्व रक्तनलीमा पुगेपछि यिनी कारणले रक्तनलीको पारगम्यता बढ्छ, रक्तनलीको  साथसाथै पुरै फोक्सोको Inflammation (सुजन हुने) सुरु हुन्छ। Note: जसरी हातको औँला कहिँ ठोक्किँदा भित्र धेरै तरल पदर्थ जमेर सुनिन्छ।

 यस सुजनको कारणले गर्दा रक्तनली हुँदै धेरै तरल पदार्थ एल्भीयोलाईमा प्रवेश गर्दछ र त्यहाँ धेरै ठुलो तरल पदार्थको सतह बनाउँछ। जसले गर्दा अक्सिजनलाई रक्तनलीमा जानबाट अवरोध सिर्जना हुन्छ। यस अवस्थालाई  Acute Respiratory Distress Syndrome (ARDS) भनिन्छ।

यस्तो अवस्थामा बिरामीले आवश्यकता अनुसारको अक्सिजन लिन सक्दैन, कार्वनडाइअक्साइडको मात्रा बढी हुन्छ र सास फेर्न गह्रो हुन्छ, जसलाई hypoxia (सास फेर्न अप्ठ्यारो हुने) भनिन्छ। यस अवस्थामा बिरामीलाई यथाशीघ्र भेन्टिलेटरमा राखी कृतिम अक्सिजन दिनुपर्छ। यदि येसो गर्न सकिएन भने बिरामीको मृत्यु हुन सक्छ। त्यसैले सकेसम्म बिरामीलाई भेन्टिलेटरमा राख्ने व्यवस्था गर्नुपर्छ।

२. ज्वरो आउनु : जब IL-1, IL-6 र TNF दिमागको हाइपोथेलामसमा पुग्छन्, त्यसको प्रभावले शरीरमा तापक्रम वृद्धिको सुरुवात हुन्छ। यसरी ज्वरोको लक्षण देखापर्छ।

३. यो अवस्था अझै बिग्रँदै गए SIRS (Systemic Inflammatory Response Syndrome) गराउँछ,  जसले Septic Shock हुन्छ र MODS (Multiple Organs Dysfunction Syndrome) हुन्छ। यसको कारण मृगौला तथा अन्य महत्त्वपूर्ण अङ्ग हरुले काम गर्न छोड्छन र बिरामीको  मृत्यु हुन्छ।

SIRS कसरी हुन्छ येस्ले MODS गराइ कसरी सन्क्रमित बिरामीको मृगौला तथा अन्य महत्त्वपूर्ण अङ्गहरुमा असर गरि मृत्युको मुखमा पुर्‍याउँ   ?

शरिरमा भएको सम्पूर्ण प्रणालीगत प्रक्रिया सुन्निने जटिल अवस्था Systemic Inflammatory Response Syndrome हो। वास्तवमा यो शरीरले कुनै पनि बाहिरी संक्रमण वा भित्री कुनै चोट पर्दा त्यसका विरुद्धमा देखाउने एउटा प्रतिक्रिया हो।

शरीरको रोग प्रतिरोधात्मक तत्त्वहरु चाहिने भन्दा बढी मात्रामा सक्रिय हुँदा जटिलता सिर्जना हुन्छ। जब कोरोना भाइरसको संक्रमणसँग लड्न शरीरले चाहिने भन्दा बढी मात्रमा यसको उत्पादन गर्दछ तब यसले उल्टै नकारात्मक असर गर्दछ। यसको धेरै मात्राले संक्रमणसँग लड्ने कामको बाबजुद अरु संक्रमणलाई फैलन पनि मदत गर्दछ।

यसको धेरै मात्राले गर्दा रक्तनलीको सतह सुन्निन्छ, जसको कारण त्यहाँ बग्ने रगतको चाप एक्कासी घट्दछ। फलस्वरूप संवेदनशील अंगहरुमा अक्सिजन र खनिज पदार्थ सुचारु गतिमा पुग्न पाउँदैन, प्रतिक्रियामा septic shock हुन पुग्दछ र संक्रमित बिरामी मृत्यु नजिक पुग्दछ।

यसको साथै रगतको चाप कम भएको अवस्थामा रगत जम्न सक्छ र रगत बग्ने प्रक्रिया नै घट्छ। जसको प्रत्यक्ष असर मृगौलामा पर्दछ। मृगौलामा रगतको कमि हुन्छ र सुन्निने प्रक्रियाले गर्दा राम्रोसँग काम गर्न पाउँदैन र फेल हुन्छ। यसरी कोरोना भाइरसले hypoxeia, रगतको चापमा कमि ल्याउने, मुटुको धड्कन बढ्ने र मृगौलाले काम गर्न छोड्ने जस्ता जटिल अवस्था हुँदै  बिरामीको मृत्यु समेत हुने गर्दछ।

अन्तमा  कोरोना भाइरसले बिरामिलाइ SIRS गराउदै विभिन्न अङ्गहरुमा असर पुर्‍याउँछ जसलाई हामी MODS अर्थात multiple organs failure भन्छौं जस्तैः मृगौला, मुटु, फोक्सो आदिले काम गर्न नसक्नु र बिरामीलाई मृत्युको मुखमा पुर्‍याउँदछ।

दीर्घरोगी र वृद्ध अवस्थाका साथसाथै बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता एकदमै कम हुने भएकोले पनि उनीहरुलाई यस भाइरसको असर उच्च बिन्दुमा हुन्छ। आशा गरौं निकट भविष्यमा यस भाइरुस बिरुद्द औषधि तथा भयाक्सिन छिट्टै बन्नेछ र हामीले यसलाई पराजित गर्नेछौं।

कट्टेल मेडिकल माइक्रोवायोलोजिस्ट हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्