थम्मन थापा/ बागलुङ, २० चैत। विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको हाम्रो देश नेपाल अहिले नेपाल सरकारले लकडाउन गरेको छ। लकडाउनको १० औं दिन बितिसक्दा विभिन्न संकटहरु देखा पर्न थालेका छन्।
दैनिक ज्याला मजदुरी गर्ने देखि जागिर तथा व्यावसायहरु गर्ने चौतर्फी मारमा परेका छन्। बजारमा माक्सको अभाव छ। अहिले गलकोट नगरपालिकामा पनि स्थानीय सरकार, विभिन्न संघ संस्थाहरुको सकृयतामा माक्स तथा साबुन, खाद्यान्न वितरण गर्न सुरु गरिएको छ। विशेष गरी दलित तथा विपन्न परिवारलाई मध्यनजर गरी अभियान सञ्चालनमा रहेका छन्।
यसै सम्दर्भमा गलकोट नगरपालिका वडा नंम्बर ७ ले वडा भित्र कोरोना भाइरस कोभिड- लाई रोकथाम गरी नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न ४ दिने घरदैलो अभियान सम्पन्न गरेको छ। मल्म झिर्कादेखि सुरु भएको अभियान बामियामा आएर सकिएको छ। अभियानको क्रममा विपन्न तथा दलित परिवारलाई झण्डै ३ सय माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए।
आम वडाबासीलाई सरसफाईमा ध्यान दिन र कोरोना भाइरसबाट सुरक्षित कसरी हुने भन्ने विषयमा जनचेतना फैलाउन अभियान गरिएको अध्यक्ष थापाले बताए। वडा भित्रका विभिन्न टोलमा घर-घरमै पुगेर आवश्यकता अनुसार माक्स र साबुन वितरण गरिएको अभियानमा सहभागी युवा समाजसेवी रुद्र केसीले बताए।
अभियानमा वडा अध्यक्ष टिका बहादुर थापा, जनप्रतिनिधि लोक बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर सदस्य छुम बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा, न्यू नवज्योति युवा कल्वका महासचिव रुद्र केसी, घुम्टे युवा परिवारका सदस्य भूमिराज थापा, दिनेश थापाको सहभागिता रहेको थियो।
सो अवसरमा वडाभित्र लकडाउनको पूर्ण रुपमा पालना गर्न अनुरोध गरिएको, साबुन पानीले हातमुख राम्रोसँग सफाई गर्न सरसफाईमा ध्यान दिन, भीडभाड नगर्न, कोरोना भाइरस सम्बन्धि हल्ला र अफवाहको पछि नलागि कोरोना भाइरसको संक्रमणबाट आफू सुरक्षित रहँदै अरुलाई समेत सुरक्षित रहन आग्रह गरिएको थियो। दोस्रो चरणमा थप राहतका कार्यक्रमहरु ल्याउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ। वडा भित्र कोभिड-१९ सम्बन्धि जनचेतना फैलाउन र प्रचार प्रसारको निम्ति वडाले माईकिङ समेत गरेको छ।



लोकपाटी न्यूज

