आयल निगमले कोराना नियन्त्रण कोषलाई अहिलेसम्मको सर्वाधिक रकम सहयोग

nepal-oil-nigam-2-
लोकपाटी न्यूज

काठमाडौं, २० चैत। कोरोना रोकथाम उपचार तथा राहत कोषमा आयल निगमले मात्रै ५० करोड रुपैयाँ सहयोग गरेको छ । यो अहिलेसम्मकै सर्वाधिक रकम सहयोग रकम हो । सरकारले ५० करोड रुपैयाँ राखेर यो कोषको सुरुवात गरेका थियो ।

निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।निगमको सञ्चालक समितिको बैठक बुधबार बसेका थियो । उत्त बैठले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्