जानकारी विना जथाभावी रसायन नछर्न आग्रह

लोकपाटी न्यूज

काठमाडौं, २० चैत। कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ। उपमहानगरपालिकाभित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरू छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्बन्धित निकायमा सम्बन्धितलाई समन्वय गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाभित्रका केही सङ्घसंस्था तथा व्यक्तिहरूले वडा, नगर तथा टोललाई स्यानिटाइज्ड गर्न मापदण्ड नपुगेका रसायन छरेको पाइएको छ। मापदण्ड नपुगेका इन्सेक्टिसाइट, पेन्सिसाइटलगायतका विभिन्न रसायन छर्किंदा जीवजन्तु, वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी काम गर्न भनिएको चन्दले जानकारी दिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्