बाबुरामको आक्रोशः कणहरूको पखेटा लागेकै हो?

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं, २० चैत। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिडियामाथी दमन गर्ने खोजिएको बताएका छन । बिहीबार सामाजिक सञ्जाल टुइटरमा एक लिङ्क सेयर गदै कुनैपनि बहानामा मिडियामाथि दमन भनेको ज्वालामुखीलाई स्याउलाले छोप्न खोज्नु जस्तै भएको उनले लेखेका छन।

प्रधानमन्त्रीका ‘आईटी विज्ञ’ले आफुबिरुद्ध समाचार लेखेको बेवसाइटलाई अनाधिकृत नियन्त्रण लिएर समाचार नै हटाएको विषयलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन। उनले तथ्यहीन खबर भए तथ्यपूर्ण खबरले प्रतिवाद गर्न, त्यो नभए कानुनी उपचार खोज्न पनि सुझाव दिएका छन। निरंकुश तरिकाले लड्न खोजेको भन्दै प्रश्न गरेका छन, ‘कणहरूको पखेटा लागेकै हो?’

ट्वीटमा उनले लेखेका छन्ः

कणहरूको पखेटा लागेकै हो? कुनैपनि बहानामा मिडियामाथि दमन भनेको ज्वालामुखीलाई स्याउलाले छोप्न खोज्नु जस्तै हो फेक न्यूज(तथ्यहीन खबर)भए अथेन्टिक न्यूज(तथ्यपूर्ण खबर)ले प्रतिवाद गर्ने हो।त्यो नभए कानुनी उपचार खोज्ने हो।महामारीसंग निरंकुश तरिकाले हैन झन् लोकतान्त्रिक तरिकाले लड्ने हो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्