लकडाउन उल्लंघन गर्ने ८ सय २३ जना होल्डमा

लोकपाटी न्यूज

काठमाडौं, २० चैत। लकडाउनको दशौं दिन उपत्यकमा लकडाउन उल्लंघन गर्ने ८ सय २३ जनालाई होल्डमा राखिएको छ । उनीहरुलाई प्रहरीले सडकमा डोरीले बनाएको होल्डिङ क्षेत्रमा तीन घण्टासम्म राखेको हो।

बिहान ८ बजेसम्ममा लकडाउन उल्लंघन गर्ने ६ सय ६३ जना पुरुष तथा १ सय ६० जना महिलालाई होल्डमा राखिएको छ । यस्तै १ सय ४० वटा सवारी साधनलाई पनि होल्डमा राखिएको छ ।धेरै मान्छे सामान किन्ने बहाना बनाएर सडकमा निस्कने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्